ताजा समाचार

परासीकाे आदर्श मावि का विधार्थी बेहाेस हुन थालेपछि पठनपाठन बन्द

  • फागुन १५, २०७९
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ फागुन १५ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेकाे आदर्श माविका विधार्थीहरु हिजाे बाट अचानक बेहाेस हुन थालेपछि पठनपाठन भएकाे छ । लगातार दुई दिन देखि बिधार्थीहरु बेहाेस हुने क्रम बढ्दै गएपछि २ दिनकाे लागि बिधालय बन्द गरिएकाे बिधालयले जनाएको छ ।

 

कक्षा ६ देखि ९ सम्म अध्यनरत छात्राहरुमा बेहाेस हुने समस्या देखिएको बिधालयका प्रधानाध्यापक दिपक भट्टराईले जानकारी दिनुभयाे । उहाँका अनुसार आईतबार हिजाे १० बजे प्रार्थना काे समयमा ६ जना छात्राहरु बेहाेस भएका थिए । आज बिधालय शुरु हुनै लाग्दा थप १० जना छात्राहरु बेहाेस भएपछि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पठाईएकाे प्रधानाध्यापक भट्टराईले बताउनुभयो । 

 

राेग पता नलागेपछि अन्य विधार्थीहरुमा संक्रमण नहाेस् भनेर रामग्राम नगरपालिकाकाे समन्वयमा आज र भाेली गरि दुई दिन बिधालय बन्द गर्ने निर्णय गरिएकाे बिधालयका एक शिक्षकले जनाएका छन् । अस्पतालमा हाल १० जना छात्राहरु उपचाररत रहेकाे र बेहाेस हुने संख्या बढ्दै गएकाे पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.माेहम्मद नुरुल हाेदाले जानकारी दिनुभयाे । हिजाे आएका ३ जनालाई उपचार पछि घर पठाईएकाे र आज १० जनाकाे उपचार भईरहेकाे डा.हाेदाले बताउनुभयो । याे मासहिस्टेरिया हुनसक्ने भएकाेले बिधालयमै गएर अध्ययन गरिने उहाँले बताउनुभयो । मानसिक समस्याका कारणले यस प्रकारकाे राेग देखिने भएकाेले स्वास्थ्यकर्मीहरु परिचालन गरि बिधालयका शिक्षक,अभिभावकलाई काउन्सिलिङ गरिएकाे डा.हाेदाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤