ताजा समाचार

पहिचानको रूपमा दाउनी

  • फागुन ९, २०७९
  • १५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फल्गुन ९ । समय परिवर्तनशील रहेको अवस्थामा कतिपय सामाजिक सांस्कृतिक वस्तुहरू लोपको संहारमा पुगेको अवस्था रहेको देखिन्छ । खासगरी हाम्रो समाजमा हिउँद याममा आम किसानले आफ्नो खेतमा लगाइएको धान बालीलाई काटिसकेपछि एक ठाउँमा जम्मा गरेर महिनौ दिनसम्म गोरुलाई कराम (स्थानीय भाषा) मा एक ठाउँमा बाँधेर मेहमा राखेर धानको पराल माथि घुमाउने चलन विगतका वर्षहरुमा ज्यादै प्रचलित रहेको थियो । ठाउँ अनुसार फरक फरक किसिमले चिनिने दाउनी प्राय जाडोको समयमा बिहानी पख घुमाउने चलन रहेको थियो । दाउनि लगाएको ठाउँमा मानिसहरू भेला भएर दाउनी उल्टाउने पल्टाउने काम गरेर धान निकाल्ने चलन समेत रहेको अवस्थामा दाउनी हाक्ने मान्छेको समुहले बिहानी पख पराती गाउने चलन विगतमा रहे पनि आज भोलिको आधुनिकताले गर्दा दाउनी प्रथा लोपको अवस्थामा पुगेको देखिन्छ । दाउनि गरेको धानलाई स्थानिय स्तरमा शिल हालेर नाङ्लोको सहायताले उडाउने चलन रहेको थियो भने धान उडाई सकेपछि जोख्नु भन्दा पहिले 'अगो " राख्ने चलन थियो । अगोमा केहि धान जोखनु भन्दा अगाडी राख्ने चलन रहेको थियो जुन धान अविबाहित छोरीले पाउने चलन रहेको हाम्रो समाजमा यतिबेला यी सबै लोपको अन्तिम अवस्थामा पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤