ताजा समाचार

माविपिप्रा : विद्यालयको जग्गामा जथाभावी माटो कटान गरिदै निकाय बेखवर

  • माघ ८, २०७९
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान ८ माघ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ पिप्रा प्र.ध.स्थित गाउँमा दिनहुँ विद्यालयको जग्गामा स्थानीय ट्राक्टर बलाहरुले अवैध रुपमा जग्गा उत्तखनन गरिएको पाइएको छ। पिप्रा गाउँदेखि पश्चिम र वैशखा गाउँदेखि पुर्वमा रहेको करिब २ विघाभन्दा बढीको कित्तामा जेसिबिद्वारा माटो कटान गरिएको देखिन्छ । सो जग्गा श्री माध्यमिक विद्यालय पिप्रा प्र. ध. को जग्गा रहेको छ , र अहिले उक्त खेतीयोग्य जग्गा तहसनहस अवस्थामा पारिएको छ। यो सँगै स्थानीय विद्यालयका व्यवस्थापन समिति र स्थानीय नेता कार्यकर्ताहरुको इसारामा विद्यालयको जग्गामा माटो कटान काम भइरहदा निकाय बेखबर देखिन्छ । यहाँका स्थानीय ट्राकटर बलाहरु दिनहुँ पालैपालो सेटिङ्गमा माटो काटी माटो बेचेर लाखौं लाख कमाई रहेको अवस्था छ । यता, विद्यालयको जग्गामा माटो कटान भइरहदा विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानध्यापक गँगाराम मण्डललाई ध्यानाकर्षण हुनुपर्ने छ। तर, निकाय नै दिनहुँ फरक-फरक ट्राकटरहरुलाई सेटिङ्ग मिलाउने गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन्।

जग्गामा माटो कटान भइरहदा न त स्थानीय व्यक्तित्वको चासो देखिएको छ , न त इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई कुनै चासो देखिएको छ , प्रहरी, प्रशासन र स्थानीयको मिलेमतोमा माटो कटानको काम भइरहेको व्यक्ति स्वयंले देख्न सकिन्छ । यो सँगै पछिल्लो समय सो जग्गामा स्थानीयहरुले कुत दिई उव्वजाउ खेतीयोग्य बनाइएको थियोे , तर अहिले माटो कटान भएको हुदाँ खेतीयोग्य जग्गा विनाश बन्दै गएको देखिन्छ । जग्गामा माटो काटिए पछि खेतीयोग्य विनाश हुनुका साथै सो जग्गामा डुवान कटान समेत बढने अनुमान छ। सामाजिक निकायको काम कर्तव्य सार्वजनिक सम्पत्ति तथा जग्गालाई व्यवस्थित गरि सदुपयोगमा ल्याउनुसँगै प्रयासमा जुट्नु अतिआवश्यक देखिन्छ। भावी विपद जोखिम नियन्त्रणका निम्ति जिल्ला प्रशासन , जिल्ला विपद् व्यवस्थापन , जिल्ला शिक्षा कार्यालय, शिक्षक अभिभावक संघ, व्यवस्थापन समिति , सामाजिक अगुवा व्यक्तित्वहरुको समयमा ध्यान जुट्नु पर्ने अवस्था देखिएको छ। विद्यालयको जग्गालाई व्यवस्थित गर्ने विद्यालयको शैक्षिक सुधार गर्ने जिम्मा विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकको जिम्मेवारी हुन्छ । तर, वहाँहरुले यस किसिमको कर्तुत गरिरहदा पनि निकायलाई कुनै किसिमको ध्यानाकर्षण भएको छैन ।यता, कुनैकुनै स्थानीय व्यक्तिले आवाज उठाई रहदा पनि कसैको चासो नदेखिएको एक स्थानीयले नाम नखोल्ने शर्तमा बताए ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤