ताजा समाचार

सुनवलमा एकाबिहानै दुर्घटना हुदा एकको मृत्यु, एक जना घाइते

  • पुस २९, २०७९
  • १२६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा नवलपरासी, पुस २९ । बिहान ६ बजे सुनवलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- १४ शिवनगर बस्नेबर्ष ५२ को राज कुमार बि.क. रहेको छ । दुर्घटनामा परी टाउको र शरिरको बिभिन्न भागमाचोट लागी घाइते अबस्थामा रहेको उनलाई प्रहरीले तत्काल उद्धार गरि उचपारको लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा पुर्याउदा ०७:१५ बजे डाक्टरले मृत्यु घोषण गरेका हुन । उनको शव सोही अस्पतालमा राखेका छन । सुनवल नगरपालिका - ४ अल्कत्रेडाडास्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नं. को कोइला लोड गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुंँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पाउना साथ ई.प्र.का. सुनवलबाट प्र.नि. विष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई स्थानीय मानिसहरुको सहयोगमा पिकअपचालकलाई उद्धार गरि अस्पताल पुर्‍याएको थियो । साथै सोही पिकअपमा सवार महानगरपालिका - २३ वार्ड बस्ने अन्दाजी २५ बर्षको शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागि घाइते भएको छ । उनलाई उद्धार गरी उपचारको लागी देवदह मेडिकल कलेज भलुहीमा पठाईएको प्रहरीले जनाएको छ । उनको अबस्था सामन्य रहेको छ । ट्रक चालक मकवानपुर मनहरी गाउंँपालिका - ३ हांँडीखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ । घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤