ताजा समाचार

सुनवलमा एकाबिहानै दुर्घटना हुदा एकको मृत्यु, एक जना घाइते

  • पुस २९, २०७९
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा नवलपरासी, पुस २९ । बिहान ६ बजे सुनवलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- १४ शिवनगर बस्नेबर्ष ५२ को राज कुमार बि.क. रहेको छ । दुर्घटनामा परी टाउको र शरिरको बिभिन्न भागमाचोट लागी घाइते अबस्थामा रहेको उनलाई प्रहरीले तत्काल उद्धार गरि उचपारको लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा पुर्याउदा ०७:१५ बजे डाक्टरले मृत्यु घोषण गरेका हुन । उनको शव सोही अस्पतालमा राखेका छन । सुनवल नगरपालिका - ४ अल्कत्रेडाडास्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नं. को कोइला लोड गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुंँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पाउना साथ ई.प्र.का. सुनवलबाट प्र.नि. विष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई स्थानीय मानिसहरुको सहयोगमा पिकअपचालकलाई उद्धार गरि अस्पताल पुर्‍याएको थियो । साथै सोही पिकअपमा सवार महानगरपालिका - २३ वार्ड बस्ने अन्दाजी २५ बर्षको शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागि घाइते भएको छ । उनलाई उद्धार गरी उपचारको लागी देवदह मेडिकल कलेज भलुहीमा पठाईएको प्रहरीले जनाएको छ । उनको अबस्था सामन्य रहेको छ । ट्रक चालक मकवानपुर मनहरी गाउंँपालिका - ३ हांँडीखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ । घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤