कपिलवस्तु । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारु, कर्मठ, इमानदार, नेता सिराज अहमद खान (फारूकी) लाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि उहाँको नाम समेत आज मुस्लिम तर्फबाट सिफारिस गरेको छ। नेकपा एमाले को गाउँ कमिटी देखि लिएर इलाका कमिटी हुँदै जिल्ला कमिटी लगायत प्रायु सङ्घका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करिब दुई दशक भन्दा माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिँदै आएका उहाँका समर्थकले बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष रहेका सिराज अहमद खान(फारूकी) पार्टीका तर्फबाट उक्त सङ्गठनको इन्चार्ज समेत रहेका छन् । साथै उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् । खानले बताएकी आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउँदै समानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनाएकोमा विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधैँ गर्दै आएको र गर्दै जाने बताए । साथै नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी ओली प्रधानमन्त्री बने देशको विकास हुने बताए।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved