ताजा समाचार

भोलेनटीयर्स डेभलपमेन्ट अफ नेपालद्वारा लहानको तरकारी बजारमा सरसफाइ

  • मंसिर २४, २०७९
  • १७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ मंसिर - सिरहाको लहानमा डेभलपमेन्ट अफ नेपालका सयौं युवाहरुले स्व्च्छता अभियानमा जुटीएका छन्।लहानको तरकारी बजारबाट सुरु गरिएको सरसफाइ अभियान बजार भरि फोहोर उठाएका छन्।हाम्रो नगर सफा सुन्दर शहर भने मुल नाराको साथ सयौं युवाहरुले अभियानमा लागेका हुन्। महिनौं दिन देखि थुपरिएको फोहर युवाहरुले उठाएका छन। सप्तरीका महादेवा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दिलिप कुमार यादवको नेतृमा युवाहरुले अभियान सुरु गरिएका हुन्।वातावरण पदूषणबाट हुन् बाट रोकौ,अनावश्यक जथाभावी फोहोर मैला नफालौ,घर अगाडि फोहर हैन फुल रोपौ बाटो प्रदुषणबाट रोकौ,खाली जमिनमा बृक्षारोपन गरौं,फोहर ब्यवस्थापनमा लागौं भने दर्जनौं नाराहरु को साथ अभियानमा लागेका हुन्। एक कार्यक्रमको आयोजना गरि लहान बजारलाई सफा र सुन्दर भनाउनमा टेवा पुगाउने गरिएका छन्। युवाहरुको अभियान सफलताको ओर जाओस् नेपाल पत्रकार महासंघ सिरहा शखाको अध्यक्ष मनोज बनैताले बताए। युवाहरूको प्रयासले नै लहानको सरसफाइको बिकासमा टेवा पुग्छन् संचारकर्मी लाल बिहारी यादवले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सिरहामा दशौँ राष्ट्र ...

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤