ताजा समाचार

सिरहा २ मा राजकिशोर यादव विजयी

  • मंसिर १०, २०७९
  • १३३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा मंसिर १० । मधेश प्रदेशको सिराहा जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनका तर्फबाट जसपाका राजकिशोर यादवले २४ हजार १ सय ७८ मत प्राप्त गरी विजयी भएका छन । राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसका चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भएका छन । उनले २३ हजार २८ मत प्राप्त गरेका हुन भने जनमत पार्टीका विनोद कुमार यादवले १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् । जितपछि निर्वाचनअधिकृतको कार्यालय धनगढीमाईको नवनिर्मित प्रशासनिक भवनमा पत्रकारहरुसँग छोटो कुराकानीमा उनले भने " ‘यो जनताको जित हो, मैले नेतृत्व मात्र गरेको छु , क्षेत्रबासीको लागि एक युगको अन्त्य भएको छ आम जनता नयाँ युगमा प्रवेश गरेकोले नौलो तरिकाबाट विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सडक संजालहरुको सुधार गर्नेतिर लाग्ने छु " जनतासँग गरेको बाचालाई ध्यानमा राखेर त्यो पुरा गर्ने प्रतिबद्ध गरेको उनले विश्वास दिलाए । ‘जनताको शासक होइन, सेवक भएर क्षेत्रबासीलाई निरन्तर सेवा गर्नेछु । आफुबाट हुने क्षेत्रबासीको हरेक काम गर्न सदैव तयार छु ।’ बाचा एकातिर र व्यवहार अर्कोतिर नगरिने उनले थपे ।

यसैगरी,एमाले जसपा गठबन्धनको एमालेका सत्रुधन प्रसाद सिंहले सिरहा निर्वाचन क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले १३ हजार ७ सय ९७ मत प्राप्त गरे भने सत्ता गठबन्धन नेकपा एसका मदनसेन श्रीवास्तवले ११ हजार २५ मत मात्र पाए । सिंहले २ हजार ७ सय ७२ को मतान्तरले जित हासिल गरे । जनमतका विनोद कुमार चौधरीले ६ हजार ८ सय ५४ मत ल्याए । त्यस्तै, क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्यमा जनमत पार्टीका संजय कुमार यादवले जित हासिल गरे । संजयले १२ हजार १ सय ७१ मत पाएको हो भने जसपाका विजय कुमार यादवले ११ हजार ५ सय २७ मत पाए । संजयले ६ सय ४४ मतान्तरले जित हात पारे । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका जीवछ यादवले १० हजार ६ सय ६५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤