ताजा समाचार

सर्वदलीय बैठक जारी

  • मंसिर ५, २०७९
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर ५ मधेश प्रदेश । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको मतदानको परिणामहरू बाहिरिन थालेका छन् । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत भएको शान्तिपूर्ण मतदानका मत पेटीकाहरु हिजो राती अबेरसम्म निर्वाचन अधिकृतको कार्यालय धनगढीमाई नगरपालिकाको नव निर्मित प्रशासनिक भवनमा ल्याएको हो । सबै मतदान केन्द्रबाट प्राप्त मत पेटिकाहरु खोलेर मत गणना अगाडी बिहान १० बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ भने सहमतिका बीच रहेका बैठकबाट बाहिरिएका सहभागीहरुले मत गणना गर्नका लागि कोठा अभावको कारण ढिलो भएको बताएका छन् । बैठक लगायत समसामायिक विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अहिलेसम्म प्रवेश गर्न दिएको छैन भने सञ्चारकर्मीहरु प्रतिक्षा गर्दै बाहिर बसिरहेका छन् । साथै मत गणना अहिलेसम्म शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤