ताजा समाचार

सर्वदलीय बैठक जारी

  • मंसिर ५, २०७९
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर ५ मधेश प्रदेश । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको मतदानको परिणामहरू बाहिरिन थालेका छन् । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत भएको शान्तिपूर्ण मतदानका मत पेटीकाहरु हिजो राती अबेरसम्म निर्वाचन अधिकृतको कार्यालय धनगढीमाई नगरपालिकाको नव निर्मित प्रशासनिक भवनमा ल्याएको हो । सबै मतदान केन्द्रबाट प्राप्त मत पेटिकाहरु खोलेर मत गणना अगाडी बिहान १० बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ भने सहमतिका बीच रहेका बैठकबाट बाहिरिएका सहभागीहरुले मत गणना गर्नका लागि कोठा अभावको कारण ढिलो भएको बताएका छन् । बैठक लगायत समसामायिक विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अहिलेसम्म प्रवेश गर्न दिएको छैन भने सञ्चारकर्मीहरु प्रतिक्षा गर्दै बाहिर बसिरहेका छन् । साथै मत गणना अहिलेसम्म शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤