ताजा समाचार

धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित

  • मंसिर १, २०७९
  • १३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १ । सिरहाको धनगढीमाई १२ मा फूल र दुबो खेती शुरु भएपछि स्थानिय खुशी भएका छन् । स्थानिय ठटीयामा करिब ४ बिगाहा जग्गामा दुबो खेती एकातिर शुरू गरिएको छ भने अर्कोतिर १ बिगाहा जग्गामा सयपत्री फूलको खेती शुरु भएपछि स्थानिय करिब २० जनाले एक वर्षदेखि रोजगारी पाएका छन् । स्थानिय गाउँको पूर्व सरे खोलाको किनार समीपमा रहेको वर्षौं देखिको बाझो जग्गामा ऋतु नर्सरीका संचालक शिव प्रसाद पोखरेलले दुबो खेती शुरु गरेपछि स्थानियले रोजगारी पाएका छन् । जग्गाको पक्षीम छेउमा बोरिङ गाडेर पानीको ब्यबस्थापन गरेपछि उक्त बाँझो जग्गामा खेती थालिएको गायत्री ढकालले बताउनु भएको छ । आफूलाई फूलको लागि ठूलो अफर आएको अवस्थामा करिब 300 केजी हालसम्म बिक्री गरेको र आफूसँग प्रयाप्त फूल रहेको नर्सरी सञ्चालकले बताउनु भएको छ । खेती थालेको शुरुवातमै आफूलाई फूल र दुबो बाट आम्दानी हुन् थालेको बताउदै हालसम्म आफूसँग भएको दुबो सबै बिक्री भएको छ भने नयाँ दुबो मंसिर ५ गतेदेखि बिक्री हुने समेत जानकारी गराउनु भएको छ । स्थानिय स्तरमा धार्मिक कार्यहरूमा फूल र दुबो यहीबाट बिक्री वितरण हुँदा आफूहरुलाई छोटो समयमा आवस्यकता पूरा हुने गरेको स्थानिय प्रदीप दाहाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤