ताजा समाचार

निर्वाचनको पुर्व सन्ध्यामा झापाको सिमा नाकाहरु शिल

  • मंसिर १, २०७९
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् । निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका झापा जिल्लाका संपूर्ण सिमानाकाहरु मंसिर १ गतै राती १२.०० बजेदेखि मंसिर ४ गते राती १२.०० सम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिल्लामा भारतीय नाकाबाट आम मानिसको आवत जावत भई उत्पन्न हुनसक्ने परिस्थितिलाई विचार गर्दै सीमा नाकाहरू बंद गरिने भएको हो । झापाको सुरुक्षा व्यवस्थालाई कायम गर्नका निम्ति प्रशासनले लिएको निर्णयलाई जिल्ला बासीहरुले सकारात्मक रूपमा लिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤