ताजा समाचार

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

  • कार्तिक ३०, २०७९
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, ३० कार्तिक मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् । क्षेत्रमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(२) का उम्मेदवार बेगले सीप तथा उद्यमशीलता विकास गर्ने तथा कृषिमा आधुनिकीकरण गर्दै किसान लाई प्रत्यक्ष लाभ हुने कार्यक्रम हरू आफू जीते पछि प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापना देखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत मिर्जा राशिदले बताए। घरदैलो अभियान अन्तर्गत क्षेत्रका मतदाता लाई कोदालो बोकेको किसान छापमा मतदान गरि क्षेत्रको विकास तथा किसानको भबिष्य राम्रो बनाउन अपिल गरे l

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤