ताजा समाचार

शाहको समर्थनमा युवा वर्ग सक्रिय

  • कार्तिक ३०, २०७९
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक ३० कपिलवस्तु। कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे बताउनुभएकाे छ । कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेकाे निवर्तमान सांसद शाहकाे भनाई छ । क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा ३ का र उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन्।नेता शाहको नेतृत्व मा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस निकट नेता शाह प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लाेकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेकाे छ । नेता शाहलाई क्षेत्रका जनताले तीन पटक विजयी गराईसकेको तथा आफूलाई पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गरे l आफूले क्षेत्रका युवाहरूको शिक्षा तथा युवा राेजगार सृजनामा विशेष ध्यान दिदै स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान दिने बताए l शाहले युवाप्रति समर्पण र सहकार्यले निकै नै लोकप्रिय एवं सफल उमेमदवार बन्दै गएकाे चर्चा बढदै गएकाे छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤