ताजा समाचार

लोकसंस्कृतिको रूपमा ‘सामा–चकेवा’

  • कार्तिक २१, २०७९
  • १३४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २१ । तराई मधेसका जिल्लाहरुमा यतिबेला सामा चकेवा पर्व मनाउने प्रचलन देखिन्छ । कार्तिक शुक्लपक्षको द्वितीया तिथिदेखि प्रारम्भ भएर पूर्णिमाको भोलिपल्टसम्म मनाउने परम्परा रहेको यो पर्वमा महिलाहरूले सामा, चकेवा, चुगला, सतभैँया, कुकुर, भमरा, वृन्दावन, नटुवा जस्ता कलात्मक स्वरूपहरूको निर्माण गरेर ती स्वरूपहरू र बलेको बत्ती डालोमा राखी राति राति गाउँटोलमा ‘ डाला ले बहार भेल बहिनो से सबको बहिनो " बोलको गीत गाएर वृत्ताकार रूपमा बसेर सामा चकेवा खेलिन्छ । मुख्यतया चेलीबेटीहरुले आफ्ना दाजु भाईको दीर्घायुको कामना गर्दै रात्रीको समयमा महिला दिदी बहिनीहरुद्वारा सामूहिक रूपमा गीत गाएर रमाइलो तरिकाले खेलिने र गाइने यस गीतमा ढाकीमा सामा चकेवाको प्रतिमा राखेर दियो बाली चुग्ला लाई गाली गर्दै नौ देखि एघार दिनसम्म खेलिने लोक संस्कृति हो । खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइन्छ ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान कृष्णको समयदेखि नै भएको भन्ने बिश्वास गरिन्छ ।

यो पर्व भगवान श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । १० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाईन्छ । बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गर्छन् । सामा चकेवा पर्वको विशेष पात्र चुगलाको मुखमा १० दिनसम्म कालो पोत्ने गरिन्छ । चुगला अर्थात् कुरा लगाउने पात्र हो । आज भोलि आधुनिक गीत संगीतले यसलाई प्रभावित पारेको कारण ठाउँनुशार यसको खेल्ने तरिका भने अलग अलग रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤