ताजा समाचार

प्रदेश सभा सदस्य निर्वाचनको लागि शाह चुनाबी मैदानमा आउँने पक्का

  • असोज १२, २०७९
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १२ । देशमा राजनितिक परिवर्तनको महान जनयुद्धका एक जना जिउँदो सहिद आसन्न निर्वाचनको चुनावी मैदानमा आउने भएका छन् । सप्तरी जिल्लाको तत्कालीन रायपुर गाउँविकास समिति वडा नं ८ तथा हाल रूपनी गाउँपालिका वडा नं २ का अरुण कुमार शाहले समाजको विकृति विसंगतिको वारेमा खरो आवाज निकाल्दा उनलाई तत्कालीन अवस्थामा राजविराजको कारागारसमेत चलान गरियो । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ क अन्तर्गत प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा माओबादी केन्द्रबाट आउने पक्का भएको उनका पारिवारिक स्रोतले जनाएको छ । माओबादी जनयुद्धको समयमा जनमुक्ति सेनामा समेत काम गरेका शाहले बाबुराम भट्राई नेतृत्व पार्टीको जिल्ला तहको मूख्य पदमा रहेर काम गरिसकेको शाह स्पष्ट वक्ता हुनुका साथै राजनितिक जीवनको लामो अनुभव बटुलेका शाहले समाजको आधारमा टेकेर चुनावी मैदानमा आउने आफू पक्का भएको बताउनु भएको छ । माओबादी जनयुद्धका समय भोगिसकेको शाह सारीरिक अपाङ्ग समेत रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤