ताजा समाचार

धनुषामा शहिदनगर व्यापार संघको कार्यालय उद्घाटन

  • असोज १२, २०७९
  • १०७१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया धनुषा असोज १२ गते । धनुषाको शहिदनगर नगरपालिकामा शहिदनगर व्यापार संघको कार्यालय भव्यताका साथ उदघाटन सम्पन्न गरेका छन । व्यवसायीहरुले आफ्नो हित र सुरक्षालाई दृष्टिगत गर्दै व्यापारी तथा व्यवसायीहरु एकजुट भएका छन् । मंगलबार यदुकाहा बजारमा शहिदनगर व्यापार संघ गठन गर्दै औपचारिकरुपमा उद्घाटन गरेका छन् । राजदेव प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय शहिदनगर व्यापार संघ गठन गरेका हुन् । सो संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद मण्डल, उपाध्यक्षमा श्यामकुमार मण्डल, महासचिवमा रामईश्वर महतो, सचिवमा विजयकुमार साह र कोषाध्यक्षमा सुनितादेवी महतो सुडी छन् । त्यस्तै सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् । संघका अध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदी , शहिदनगर नगरपालिकाका उपमेयर सुनिता सिंह ,पुर्व मेयर उदयकुमार बरबरिया, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, व्यापारी,बुद्धिजिवी,आमनागरिक ,विद्यार्थी लागयतको सहभागी रहेको थियो ।

received_460589319433011

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤