महेश सिंह सिरहा लहान ६ असोज - प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचार संगै करिब एक बर्ष देखि दातको विभिन्न रोगहरुको उपचार सुरु गरेका छन्। दातका विशेषज्ञ डा.पंकज साह ( BDS,MDS) र राकेश साह डेन्टल हाईजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु भएका छन्।धरानका बिपी कोइराला ईन्स्टिच्युट अफ हेल्थ साईन्सेज बाट अध्यन गरेका डाक्टर साहको सेवा लहान अस्पतालमा सुरु भएका छन्। अस्पतालले सार्बजनिक बिदा बाहेक ओ.पी.डी.सेवा संचालनमा ल्याएका छन्।अस्पतालले दात उपचारमा गरिने सेवा अन्तर्गत दात सफा,दात निकाल्ने,दात भर्ने,दातको RCT गर्ने,दातको जरैदेखि उपचार गर्ने,दातको एक्सरे गरिनुका साथै बच्चाहरुको दातको उपचार लगायत मुखको क्यान्सर सम्बन्धि सल्लाह सुझाव समेत दिने गरेका डाक्टर पंकज साहले बताए। दैनिक रूपमा करिब एक दर्जन भन्दा बढी बिरामीहरु उपचारको लागी आउने गरिएको अस्पतालका प्रशासन कर्मचारी बिमला थापाले जनाए।




प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved