ताजा समाचार

रक्सीको तालमा आमा र छोराले खाए कुटाई

  • असोज ६, २०७९
  • १२०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ५ । सवारी साधनलाई चेक जाँच गर्नु पर्छ र जबाफदेही बोकेका प्रहरीले जुन अवस्थामा गाडीको चेक जाँच गर्नु पर्ने हो त्यतातिर समयमा ध्यान केन्द्रित नगर्दा आपतको सिर्जना हुनु स्वाभाविक हो । हिजो राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४ मा बस्ने सुमित कुमार यादव आफ्नो साथीहरुसँग मोटरसाइकलमा सवार भई घरतर्फ फर्किदै गरेको अवस्थामा रक्सी खाएर मातेका प्रहरीले समान्य कुराको लागि बाईक चालकलाई पिटेर घाइते बनाएका छन् । यादवलाई घर फर्किने क्रममा उनको घर नजिकै २ प्रहरीले उनको मोटरसाइकल रोक्दै बाइकको कागज पत्र र लाइसेन्स हपकाउँदै दादागिरी शैलीमा माग गरेका थिए । स्थानिय टोल बस्तीका मानिसहरूका अनुसार बाइकको कागजात माग गर्दै गरेका प्रहरी जवान रक्सीको नशामा आफैं लठ्ठ भएको अवस्थामा सुमित सँग उसको बाइकको त्यतिबेला प्रहरीले माग गरेको कागजात नभएको यादवको पारिवारिक स्रोतले जनाएको छ । कागजात नदेखाए पछि प्रहरीले सुमितलाई लठ्ठी लिएर उक्त ठाउँमा कुट्न थालेका थिए अमानविय किसिमले प्रहरीले लाठी प्रहार जारी राखेको दृश्य देख्न नसकेर उनको आमाले सुमितलाई बचाउन खोज्दा प्रहरीले आमा समेतलाई हेलमेटले प्रहार गरी घाईते बनाएको थियो भने घाईते सबैको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भैरहेको अभिजीत दासले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤