ताजा समाचार

पर्यटन क्षेत्रको रूपमा मानिकदह

  • असोज ५, २०७९
  • १४९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ५ । सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.पा.२४ साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ । प्राचीन कालमा मैसोथा राज्यको राजा श्री सलहेशले आफ्नो दैनिकी कार्यको क्रममा मानिकदहमा स्नान गर्न आउथे । स्नान गरेर उनि आफ्नो धार्मिक सांस्कृतिक कार्यसँगै पुजा पाठ गरी राज्य संचालनका कार्यमा जाने गरेको जनविश्वास रहेकाे पाइन्छ । मानिकदह एउटा विशाल तालकाे रूपमा रहेको पाइन्छ । पोखरीको पश्चिम डिलमा राजा श्री सलहेश सहित माता मालिनिको मन्दिर, भगवती मन्दिर, ग्रामदेबता श्री डिहवार/डिहबारनी मन्दिर, लगायत मानिक सरदार गहबर पनि रहेकाे छ । उत्तरी क्षेत्रमा जङ्गल तथा सानो दलित बस्ती साथै मानिकदह बजार पनि छ। हरेक बर्ष बैशाख १ गते नयाँ बर्षको दिन भब्य मेला लाग्ने गर्छ यस ठाउँमा । यस ठाउँमा लाग्ने मेलामा देश तथा बिदेशबाट लाखौको संख्यामा आएका पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ । यस क्षेत्रमा पर्यटनको विकास गर्ने हो भने बार्षिक आय करोडौँ हुन्छ तर यो क्षेत्रको सुधार गर्न कुनै सरकारी निकायलाई कुनै चासो नदेखिएको कारण पर्यटन विकास ओझेलमा परेको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤