Siraha Times
ताजा समाचार

जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • भदौ ३१, २०७९
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै ३१ । सिरहाको लहानमा आदिबासी/ जनजाति थारु समुदायले भव्यताका साथ जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । लाहन नगरपलिकाले आयोजना गरेको जितिया ओट्घन तथा शुभकामना कार्यक्रम २०७९ मा थारु समुदायका महिला दिदी बहिनीहरू आफना जातिय पतिरणमा कार्यक्रम स्थलमा पुगेका थिए । थारु समुदायको बाहुल्यता रहेको लहान क्षेत्रका बिभिन्न टोल बस्तीबाट थारु समुदायका मानिसहरू तामझामका साथ कार्यक्रममा सहभागिताको लागि जादा केही समयको लागि लाहानमा चारैतिर खुशीयाली छाएको यूवा नेता तथा समाजसेवि प्रदिप दाहालले जानकारी दिनुभयो । थारु समुदायको सास्कृतिक पर्वको रूपमा परिचित जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा थारु समुदायको सास्कृतिक झल्किने नाच गान समेत प्रदर्शन गरिएको लाहानबाट हाम्रा संवाददाता हेम प्रसाद पासवानले जनाएका छन् । कार्यक्रममा थारु समुदायको वरिष्ट व्यक्तित्वहरुको सनेत सहभागिता रहेको कार्यक्रम स्थलबाट वीरेन्द्र यादबले जनाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

डिआइजीको नाम भजाएर त ...

रंजित चौरसिया, वीरगंज २१ भदौ । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिल ...

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१