Siraha Times
ताजा समाचार

शहिदनगरमा शिक्षाको स्तर खस्किदै विद्यार्थीहरुले अझै पाएनन पाठय पुस्तक

  • असार १८, २०७९
  • १०१८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम ,received_1238947110013513 असार १८ गते । धनुषाको शहिदनगर नगरपालिका भित्र रहेको समुदायिक विद्यालयका बालबालिकाहरुले किताब नपाउँदा उनीहरुको अध्ययन अध्ययापनमा समस्या भएको छ । यसअघि समयमै पाठयपुस्तक प्राप्त गर्दै आएका बालबालिकाहरुले नयाँ शैक्षिक सत्र २०७९ मा अहिलेसम्म पाठयपुस्तक पाउन नसक्दा उनीहरु मारमा परेका छन् । गर्मी विदा हुने समय हुन लाग्दा पनि बालबालिकाहरुले हातमा किताब पाउन नसक्दा अभिभावकहरु आक्रोसित भएका छन् । उनीहरुले विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । प्राविका शिक्षकलाई शहिदनगर नगरपालिकाको शिक्षा शाखा सँयोजक बनाएपछि नगरभरिको विद्यालयहरु अनिर्णयको बन्दी बन्न पुगेको भन्दै अभिभावकहरुले शिक्षा शाखामा समेत तालाबन्दी गर्ने चेतावनी दिएको हो । यो साताभित्र बालबालिकाहरुले किताब नपाए शिक्षा शाखा, हेडमास्टरहरु(प्र.अ)को कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१