ताजा समाचार

शहिदनगरमा शिक्षाको स्तर खस्किदै विद्यार्थीहरुले अझै पाएनन पाठय पुस्तक

  • असार १८, २०७९
  • १०७३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम ,received_1238947110013513 असार १८ गते । धनुषाको शहिदनगर नगरपालिका भित्र रहेको समुदायिक विद्यालयका बालबालिकाहरुले किताब नपाउँदा उनीहरुको अध्ययन अध्ययापनमा समस्या भएको छ । यसअघि समयमै पाठयपुस्तक प्राप्त गर्दै आएका बालबालिकाहरुले नयाँ शैक्षिक सत्र २०७९ मा अहिलेसम्म पाठयपुस्तक पाउन नसक्दा उनीहरु मारमा परेका छन् । गर्मी विदा हुने समय हुन लाग्दा पनि बालबालिकाहरुले हातमा किताब पाउन नसक्दा अभिभावकहरु आक्रोसित भएका छन् । उनीहरुले विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । प्राविका शिक्षकलाई शहिदनगर नगरपालिकाको शिक्षा शाखा सँयोजक बनाएपछि नगरभरिको विद्यालयहरु अनिर्णयको बन्दी बन्न पुगेको भन्दै अभिभावकहरुले शिक्षा शाखामा समेत तालाबन्दी गर्ने चेतावनी दिएको हो । यो साताभित्र बालबालिकाहरुले किताब नपाए शिक्षा शाखा, हेडमास्टरहरु(प्र.अ)को कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤