ताजा समाचार

बरयारपट्टीमा आज नि:शुल्क स्वास्थ्य शिवीर हुने: माओवादी नेता अजय यादव

  • असार ४, २०७९
  • १४८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ असार - सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ । श्री जनता माध्यमिक बिद्यालय बरियारपट्टी-०३ को प्राङ्गणमा असार ४ गते शनिबारको दिन बिहानको ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म संचालन हुनेछ । श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. तथा नेपाल क्यान्सर फाउन्डेसनको आयोजना र बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पताल बिर्तामोड तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा हुन लागेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्ष बिनोद कुमार यादवले बताए ।

स्थानिय वासीलाई केहि लाभहोस भन्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरीएको श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादवले सिरहाटाइम्स डटकमलाई बताए । ‘गरीब, दलित, अति विपिन्न, असाहय तथा आर्थिक अभावले उपचार गराउन नसकेका रोगीहरुको लागि उपयोगी हुने’ यादवले बताए । सथै यस नि:शुल्क शिविरबाट सबैलाई लाभ लिनको लागि आग्रह समेत गरेका छन् । यादव नेकपा माओवादी केन्द्रबाट बरियारपट्टी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी हुन् । स्वास्थ्य शिविरमा फिजिसियन विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक, कान, घाँटी विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हार्डजोर्नी विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, रेडियोलोजी, बिकिरण चिकित्साविज्ञान विशेषज्ञ सहितको टोलीको उपस्थिती रहने बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर डा बिरेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤