ताजा समाचार

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

  • असार ३, २०७९
  • १५५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

३ असार, २०७९ भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका बीबीसी हिन्दीले जनाएको छ । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

अग्निपथ नामक सैनिक भर्ती योजनाको बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाब लगायतका राज्यमा विरोध भइरहेकोे छ । यो योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ती लिइने छ । तर भर्ती गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालीन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो । सामान्य अवस्थामा १५ वर्षे सेवा अवधिपछि आजीवन पेन्सन प्राप्त हुने भएकाले भारतमा सैनिक जागिर निकै आकर्षक मानिन्छ। सरकारले भने सशस्त्र जनशक्ति र त्यसबाट अवकाश पाउनेहरुको पेन्सन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नयाँ योजना ल्याएको हो

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤