ताजा समाचार

चुनावी खर्च माइतीबाट नल्याएपछि बुहारीलाई कुटपिट

  • जेठ ९, २०७९
  • २८८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ९ जेठ । चुनावमा भएको खर्च माईतीबाट ल्याउँन धनगढीमाई ३ का वडाध्यक्षका प्रत्यासी देवन साहले आफ्ना बुहारीलाई कुटपिट गरेको आरोप छ । लहान १० हरिनगरा माइती भएकीे रिता साहले लहान अस्पतालमा उपचार गराउँने क्रममा यस्तो आरोप लगाएका छन् । २०७८ माघ २७ गते धनगढीमाई ३ कुर्वा हनुमानगर बस्ने देवन साहका छोरा मनिष साहसँग विवाह भएको हो । रिता साहले ‘विहा भएको दूईचार दिनपछि दहेजको कुरा उठाएर कुटपिट गर्ने । पति देवर ससुराले पटक पटक पैसाको कुरा उठाएर कुटपिट गर्दै आए ।

चुनावको खर्च बाउसँग लिएर आउनु नभए मारिदिन्छु ।’‘कुटपिट गर्छन् । घरबाट निस्किजा, अर्को विवाह गर्छु ।’ पटक पटक रितालाई कुटपिट गर्दै आएको छ । जेठ ७ गते राती पति मनिष साह, देवर ओमशंकर साह, ससुरा देवन साहलगायत परिवारका सदस्यहरुले रितालाई मरनासन कुटपिट गरि घाईते बनाएको छ । पीडित रितालाई उपचारको लागि माईतीपक्षले लहान अस्पतालमा भर्ना गरिएको छ । न्यायको लागि पीडितपक्षले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤