Siraha Times
ताजा समाचार

उपमेयर र अन्यदलका नेताले अनेकौं प्राेपाेगण्डा सृजित गरे, बिकास कार्यमा बाधा आउन दिएन : पुर्व नगरप्रमुख शाह

  • वैशाख २७, २०७९
  • ११४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , बैशाख २७। नेपाली कांग्रेसकाे कृष्णनगर नगरपालिका बाट नगरप्रमुख पदका उम्मेदवार रजत प्रताप शाहले प्राेपाेगण्डा फैलाउने विपक्षकाे काम हाे , त्यसैले मेराे कसैसंग प्रतिस्पर्धा नरहेकाे बताउनुभयो । स्थानीय तह निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएर दाेहाेराे मतान्तरबाट निर्वाचित भई नगरप्रमुख पदकाे कार्यकाल पूरा गर्ने रजत प्रताप शाहले आफू नगरपालिकाका गाउं गाउँसम्म पुर्याएकाे बिकासका याेजनाले नै जीत सुनिश्चित रहेकाे बताउनुभएकाे छ । उपमेयर र अन्यदलका नेताले अनेकौं प्राेपाेगण्डा सृजित गरेपनि बिकास निर्माण कार्यमा बाधा आउन दिनेमा प्रतिबद्ध थिए ।

उनी भन्छन - मेराे कुनै उम्मेदवारसंग प्रतिस्पर्धा रहेकाे छैन किनकी मलाई जनताले सबभन्दा बढी मत दिएर पुन: एक पटक जितांउछन । मलाई सबै धर्म समुदायले भाेट दिन्छन किनभने म मेयर हुंदा हाल माओवादी केन्द्रबाट नगरप्रमुख उम्मेदवार जावेद खां की भाइ बुहारी सबनम खातुन उपमेयर हुंदा उनका पतिले जबर्जस्ती नगरिालिका चलाउन खाेज्ने , कर्मचारी थर्काउने जस्ता क्रियाकलाप गरेकाले यसपाली आउने सम्भावना न्यून छ । अन्य एक-दुई महिने उम्मेदवारकाे पनि खासै प्रभाव नगरका मतदातामाथि नपरेकाेले मेराे प्रतिद्वन्दी काेही नरहेकाे स्पष्ट पार्न चाहन्छु । निवर्तमान नगरप्रमुख शाह अहिले नेपाली कांग्रेस पार्टीकाे टिकटमा फेरि नगरप्रमुख पद दाेहाेर्याउने प्रयासमा लागि परेका छन ।

प्रतिक्रिया दिनुहोस

विपद् राहतका लागि ने ...

लाहान असोज ९ । नेपाल माहेश्वरी परिषद्ले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग ...

खडक नगरपालिकामा ज्ये ...

ओम प्रकाश यादव लहान, असोज ९ । खडक नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिकका अधिकार, स्वास्थ्य, सामा ...

निःशुल्क मोतियाबिन्द ...

रहमुल, लहान, ९ असोज । सप्तरीको खडक नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤