Siraha Times
ताजा समाचार

जनताको समस्यालाई आफ्नै समस्या मान्ने छु:- वडाध्यक्ष उम्मेदवार वृजेश कुमार गुप्ता

  • वैशाख २६, २०७९
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम मिश्र कपिलवस्तु, बैशाख २६ वडावासिको रोजाईमा पर्न सफल कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राप्रपा नेपाल पार्टीकोतर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ताघरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु । राप्रपा नेपाल पार्टी तर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ता मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका गुप्ता युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित गुप्ता अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

लहानमा सामुदायिक सिक ...

सन्जय विश्वकर्मा लहान २७ । सिरहाको लहानमा आजदेखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, ...

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१