जनताको समस्यालाई आफ्नै समस्या मान्ने छु:- वडाध्यक्ष उम्मेदवार वृजेश कुमार गुप्ता

  • वैशाख २६, २०७९
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम मिश्र कपिलवस्तु, बैशाख २६ वडावासिको रोजाईमा पर्न सफल कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राप्रपा नेपाल पार्टीकोतर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ताघरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु । राप्रपा नेपाल पार्टी तर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ता मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका गुप्ता युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित गुप्ता अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

आ.बि.महादेवा पोर्ताह ...

रहमुल लहान १५ मंसिर । स्थानीयको कर, सरकारी ढुकुटीको करोडौँ लगानी र वर्षेनी खर्च–जति भैरहँदा पन ...

जसपा नेपालको तीन दिन ...

रहमुल, लहान १४ । मंसिर जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित तीन दिने प्रशिक्षण कार्यक्रम ज ...

कृष्णनगर ११ झिंगहा अ ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१