ताजा समाचार

लोसपाको मधेस प्रदेश सदस्य तथा पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

  • वैशाख ११, २०७९
  • १३४० पटक पढिएको
  • आशिक हुसैन शेख
alt

जनकपुरधाम-

लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ। 

४३ वर्षीया झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। डिम्पल झा लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नीसमेत हुन्।

 

आज बिहान साढे ४ बजे काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको लोसपा नेता राजिव झाले जानकारी दिए। 

२०७५ सालमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 

 

आफ्नो कार्यकालमा उनले मन्त्री जितेन्द्र सोनलबाट असन्तुष्ट हुँदै राजिनामा समेत दिएकी थिइन् । पछि फेरि फिर्ता लिएकी थिइन्। 

 

रौतहटको दुर्गा भगवती गाउँपालिका मतसरी घर भएकी झा संघीय सद्भावना पार्टीबाट २०६४ पहिलो संविधान सदस्य बनेकी थिइन् । उनी समानुपतिक कोटाबाट संविधानसभा सदस्य बनेकी थिइन्।

 

झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने तयारी परिवारका सदस्यले गरेका छन्। उनका एक छोरा छन्। साभारः

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤