ताजा समाचार

मिशनको महिला पत्रकारिता तालिम, जनबोलीको लागि नागरिक अधिकार

  • चैत १४, २०७८
  • १३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १४ चैत्त । मधेश मिडिया मिशन नेपालले नेतृत्व विकास तथा पत्रकारिता तालिम संचालन गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशनले समाजिक रुपान्तरणका मुद्दा उठान गरेर आमुल परिवर्तनको अभ्यास गर्नेक्रममा चैत्त १३ गते जनबोलीको लागि महिला पत्रकारिता तालिम सम्पन्न गरेको छ । चैत्त ११ गतेदेखि संचालन भएको सो तालिम लहानमा आज एक कार्यक्रमबीच सम्पन्न गरेको तालिमका प्रशिक्षक तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले बताएका छन् । यस अघि मधेश मिडिया मिशन नेपाल र पत्रकार महासँघ सिरहाको संयुक्त आयोजना लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम दिइएको थियो । मिशनले शिपमुलक, नेतृत्व विकाससँगै पत्रकारिता तालिम विगत ढेड दशकदेखि संचालन गर्दै आएको छ । मधेशमा पत्रकारिता तालिमको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका मिशनले विगतमा अमेरिकी सहयोगी यूएसएडको सहयोगमा महिला पत्रकारिता आवास तालिम, पत्रकार आचार संहीता, फिचर लेखनलगायत विभिन्न कार्यक्रम गरेका थिए । मिशनले पत्रकार हकहीतको लागि देशभरी १४ शाखा समेत गठन गरी जिल्लाहरुमा कार्यक्रम गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशन नेपालले नागरिक अधिकारको लागि नागरिक अधिकार मञ्च समेत संचालन गर्दै आएको छ भने मिशनकै अन्तरगत रेडियो सौगात संचालनमा रहेको छ । अगामि दिनमा मिशनले नागरिक अधिकार, नेतृत्व विकास, शिपमुलक कार्यक्रमलगायत पत्रकारिता तालिम संचालन गर्दै अघि बढ्ने कार्ययोजना रहेको अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤