मिशनको महिला पत्रकारिता तालिम, जनबोलीको लागि नागरिक अधिकार

  • चैत १४, २०७८
  • ११३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १४ चैत्त । मधेश मिडिया मिशन नेपालले नेतृत्व विकास तथा पत्रकारिता तालिम संचालन गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशनले समाजिक रुपान्तरणका मुद्दा उठान गरेर आमुल परिवर्तनको अभ्यास गर्नेक्रममा चैत्त १३ गते जनबोलीको लागि महिला पत्रकारिता तालिम सम्पन्न गरेको छ । चैत्त ११ गतेदेखि संचालन भएको सो तालिम लहानमा आज एक कार्यक्रमबीच सम्पन्न गरेको तालिमका प्रशिक्षक तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले बताएका छन् । यस अघि मधेश मिडिया मिशन नेपाल र पत्रकार महासँघ सिरहाको संयुक्त आयोजना लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम दिइएको थियो । मिशनले शिपमुलक, नेतृत्व विकाससँगै पत्रकारिता तालिम विगत ढेड दशकदेखि संचालन गर्दै आएको छ । मधेशमा पत्रकारिता तालिमको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका मिशनले विगतमा अमेरिकी सहयोगी यूएसएडको सहयोगमा महिला पत्रकारिता आवास तालिम, पत्रकार आचार संहीता, फिचर लेखनलगायत विभिन्न कार्यक्रम गरेका थिए । मिशनले पत्रकार हकहीतको लागि देशभरी १४ शाखा समेत गठन गरी जिल्लाहरुमा कार्यक्रम गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशन नेपालले नागरिक अधिकारको लागि नागरिक अधिकार मञ्च समेत संचालन गर्दै आएको छ भने मिशनकै अन्तरगत रेडियो सौगात संचालनमा रहेको छ । अगामि दिनमा मिशनले नागरिक अधिकार, नेतृत्व विकास, शिपमुलक कार्यक्रमलगायत पत्रकारिता तालिम संचालन गर्दै अघि बढ्ने कार्ययोजना रहेको अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१