श्रम रोजगार तथा सुरक्षा मन्त्री श्रेष्ठ स्वदेश फिर्ता

  • चैत्र १०, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्णा कुमार श्रेष्ठ र उहाको भ्रमण दल कतारको दुई दिने भ्रमण समपन्न गरी चैत्र ९ गते बुधबार बिहान स्वदेश फर्किनु भयो । माननीय मन्त्रीज्यू चैत्र ७ गते बिहान कतार आइपुग्नु भएको थियो । माननीय मन्त्रीज्यूको भ्रमणदलमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सचिब श्री एक नारायण अर्याल ,सहसचिब राजीब पोखरेल, उपसचिब थानेश्वर भुसाल हुनुहुन्थियो ।

No description available.

भ्रमणका क्रममा माननीय मन्त्रीज्युले चैत्र ७ गते कतारका श्रम मन्त्री महामहिम डा. अली बिन समीख अल मारीसंग द्विपक्षीय भेटवार्ता गर्नुभयो । भेटवर्तामा भ्रमणदलका सदस्यहरु नेपाल राजदुतावासका अधिकारी तथा कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त भेटवार्तामा कतार र नेपालबिच हाल कायम श्रम सम्बन्धलाई थप सुदृढ़ र  बिस्तार गर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी २००५ मा दुई देशबिच सम्पन्न श्रम सम्झौतालाई अध्याविधिक गरी नया श्रम समझौतामा हस्ताक्षर गर्ने विषयमा समेत छलफल भयो । मन्त्री श्रेष्ठले कतारका  श्रम मन्त्री महामहिम श्री अल मारिलाई उहाको अनुकूल समयमा नेपाल भ्रमणको निमंत्रणा समेत दिनु भयो ।

No description available.

माननीय मन्त्रीज्युले नेपाल राजदुतावासको निरिक्षण भ्रमण समेत गर्नुभयो । वहाले दूतावास बाट प्रवाह हुने कार्यसम्पादन तथा श्रमसम्बन्धी कार्यप्रवाहको बारेमा राजदुतावासका अधिकारिहरूबाट जानकारी लिनूभयो तथा दूतावासका अधिकारीसंग अन्तर्क्रिया गरी सेवाग्राहिलाई सेवा दिने सेवाप्रवाहमा कुनै कसर बाकी नराख्न निर्देशन दिनुभयो ।

चैत्र ८ गते साझ माननीय मंत्रिज्यु नेपाली राजदूतवास दोहा र ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा श्रमसंग सम्बन्धित अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा कतारको श्रम मन्त्रालयका सचिब मोहम्मद हसन अल ओबाईदली समेत सहभागी भइ शुभकामना मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा कतारमा रहेका नेपाली समुदायका बिभिन्न समूहहरुबाट गैर अवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले संकलन गरेका जिज्ञासा तथा सल्लाह सुझावहरुलाई समेटी तयार गरिएको ज्ञापनपत्र संघका अध्यक्ष श्री मोहम्मद मुक्तदा मुसलमानले मन्त्रिज्यु समक्ष पेश गर्नुभएको थियो ।

अपरान्ह मन्त्रीज्युले विश्वकप २०२२ का लागी तयार गरिएको अहमद बिन अली स्टेडियमको अवलोकन भ्रमण गर्नुभयो ।अवलोकनका क्रममा विश्वकपको तयारीमा नेपाली कामदारको योगदान तथा विश्वकप सञ्चालनका दौरान नेपालबाट उपलब्ध हुनसक्ने आवश्यक जनसक्तीको बारेमा जानकारी लिनुभयो ।त्यसैगरी चैत्र ९ गते बिहान मन्त्री श्रेष्ठले कतारको श्रम मन्त्रालय र गृह मन्त्रालयका उच्च अधिकारीसंग छलफल गरी नेपालबाट थप दक्ष तथा अर्धदक्ष कामदार उपलब्ध गराउने विषयमा छलफल समेत गर्नुभएको थियो ।भ्रमणका क्रममा मन्त्रीज्यू र भ्रमणदलका सदस्यहरुलाई दोहाको हमाद बिमानस्थलमा राजदुतावासका कार्यवाहक राजदूत लगायत अधिकारीहरु तथा कतारको श्रम मन्त्रालयका अधिकृतले स्वागत तथा बिदाई गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१