ताजा समाचार

भोटियाटोलमा सम्पन्न फुटबल प्रतियोगितामा चोहर्वा विजय

  • फागुन २२, २०७८
  • २१०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २२, फाल्गुन । सिरहाको लहान नगरपालिका वडा नम्बर - १२ भोटियाटोलमा दोस्रो वडा स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ । आज भएको फाईनल खेलमा सृजना सामुदायिक विकास केन्द्र चोहर्वा प्रथम स्थान ल्याउन सफल भएको हो । ९० मिनेटको खेलमा दुवै टिमले १- १ गोलको बराबर भएपछी प्लान्टीमा श्री युवा फुटबल कल्व भोटियाटोललाई ४-१ गोलको फरक अन्तरले पराजित गर्दै चोहर्वा प्रथम स्थान ल्याउन सफल भएको खेलकुद प्रतियोगिताका संयोजक शिवकान्त चौधरीले जानकारी दिनुभयो । १० वटा टिमको सहभागीता रहेको प्रतियोगीतामा प्रथम स्थान ल्याउने टिमको लागि नगद रु ५५ हजार , प्रमाण - पत्र , सिल्ड, मेडल लगायतको ब्यबस्था गरेको थियो । त्यसैगरी दोस्रो स्थान ल्याउने टिमको लागि नगद रु ३५ हजार प्रमाण - पत्र , सिल्ड, मेडलको ब्यबस्था गरेको थियो ।

खेल संचालन गर्न नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले ब्यक्तिगत तर्फबाट प्रथम पुरस्कारका लागि संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा नगद रुपैया ५५ हजार सहयोग गरेको खेल समिती अध्यक्ष तिलाई चौधरीले बताए । त्यसैगरी स्थानीय समाजसेवी हरिहर प्रसाद चौधरीले दोस्रो पुरस्कार स्वरुप नगद रु ३५ हजार आर्थिक सहयोग गरेको थियो । नेपाली काङ्ग्रेसका क्षेत्र सभापति तथा समाजसेवी महेश प्रसाद चौधरीको प्रमुख आतिथ्य र वडा नम्बर - १२ का वडा अध्यक्ष बद्री नारायण चौधरीको बिशिस्ट आतिथ्यमा खेल सम्पन्न भएको छ । प्रत्येक महिनाको २२ गते समाजिक कार्यगर्ने प्रतिबद्धता स्वरुप आज उक्त सहयोग गरेको गरेको समाजसेवी चौधरीले बताए । उनले भने 'युवा देशलाई हाक्ने शक्ति भएकोले युवालाई सहयोग गर्नुपर्छ । स्थानीय स्तरमा खेलकुद प्रती रुचि भएका प्रतिभावान युवलाई राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । शरीरलाई स्वस्थ्य राख्न खेलकुदको महत्वपुर्ण भुमिका भएकोले स्थानीय सरकारले पनि खेलकुदमा लगानी गर्नुपर्ने चौधरीले बताएका छन् । खेल संचालन गर्न वडा कार्यालय र स्थानीयहरुले पनि आर्थिक सहयोग गरेका थिए । स्थानीय समाजसेवी लगायत बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा खेल समापनको औपचारिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤