ताजा समाचार

एनआईसी एसिया बैंक लहानमा सुनिलको व्यवहारले ग्राहकलाई सास्ती

  • माघ ११, २०७८
  • ६६२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान,११ माघ । एनआईसी एसिया बैंक लहान शाखाको कर्तुतले ग्राहकहरु सास्ती खेप्न बाध्य छन् । यसमा पनि बैंकका सर्भिस मेनेजर सुनिल यादवको रुखौ बोलीबचनले ग्राहक तनाव झेल्नु परेको छ । मेनेजर सुनिल यादवले ‘काउन्टरमा तीन जना खटाएकै छु ।’ ‘ग्राहकको चाप बढेपनि म के गर्नु ।’ ‘यो समस्या बैंकको हो ।’ ‘मेरो घर गोलबजार हो ।’ ‘ग्राहक दूई तीन घण्टा बस्दा के भयो त ।’ ‘इर्मेजेन्सी होस् । जे होस् काउन्टर चालु छ ।’ गोलबजार नै हो मेरो घर, छ के को डर मेनेजर यादवको हुँकार । बैंकको सेवा सुविधा फितलो बन्दै यो एनआईसी एसिया बैंक लहान शाखामा दूई घण्टादेखि चेक लिएर बसेका मनिता चौधरी भन्छन् —‘चेक साट्नको लागि यस्तो समय लाग्छ ?’ ‘यहाँ आउँदा दिनभरी बैंकमै विताए जस्तो हुन्छ ।’ ‘अर्को कामकाज व्यर्थ हुन्छ ।’ चौधरी एक जना उदाहरण मात्रै हो । त्यस बैंकको ढिलासुस्तीले अधिकाँश ग्राहक दिक्क भएर तनाव खेप्न बाध्य छन् । नातागोता साथीभाईको काम मेनेजर सुनिलको अँडरमा काउन्टरका कर्मचारीले चाडै पनि गर्दै आएको छ ।

उद्यमी महिलाहरूले सुविधाका लागि भनिएको सहुलियत कर्जा पाउन एनआईसी बैंक लहानमा झन्झट नै छ । यसमा बैंक कर्मचारीका नातागोता साथीभाई बाहुलता छ । बैंकले ऋण दिँदा भित्री कुरा मिलाउँने चलन छ । एनआईसी बैंकमा पनि मेनेजर कर्मचारीको सहकार्यमा ऋणीसँग कमिशन लिने गरेको छ । केही दिनदेखि सो बैंकमा कर्जा सेवा रोकिएको छ । एनआईसी एसिया बैंक लहानको यस्ता कर्तुतले कारोबार गर्न नै इच्छा जाग्दैन । लाग्छ भएको खाता पनि त्यस बैंकबाट हटाइदेऔ स्थानीय विरेन्द्र यादवले यस्तो कोरोनाको महामारीमा ग्राहकको काम छिटो गर्नुपर्ने हो । एउटै कामको लागि दिनभरी बैंकमै बस्नु मेरो लागि तनावपूर्ण व्यवहार भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤