ताजा समाचार

मधेसी जनताको बलिदान व्यर्थ नजाने :- अकरम पठान

  • माघ ५, २०७८
  • १२९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगर ले आज मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ l कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान, विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव, पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनुभयोl मधेस आन्दोलनका क्रममा शहिदहरूको समझनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो l कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको, मधेसी जनता को बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनता को हकहित का लागी आफूहरू सधै समर्पित रहने बताउनुभयोl कार्यक्रममा रामसेवक यादव, बजरंगी गुप्ता, निखिल पाठक लगायतले आ आफ्नो मन्तव्य राखनुभयो l उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल, असीष यादव लगायतको सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤