सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा दशौं गाउँसभा भव्यरुपमा सम्पन्न

  • पुस ३०, २०७८
  • ११८१ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान ३०, पुस । सिरहाको सखुवानन्कारक्ट्टी गाउँपलिकाको दशौं गाउँ सभा विहिवार सम्पन्न भएको छ । चालु आ. व. २०७८/ ०७९ को नीति , बजेट तथा बार्षिक विकास कार्यक्रमहरुलाई सम्पन्न सभामा संसोधन गर्दै कार्यपालिका सम्पुर्ण पदाधिकारीहरुले सामुहिक रुपमा अनुमोदन गरेको थियो । सर्वसम्मत रुपमा सभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले संचारकर्मीहरुलाई जानकारी गराएका छन् । सभाको अध्यक्षताको आसन्न ग्रहण गरेका गाउँपालिका अध्यक्ष यादवले - 'आफुहरुको कार्यकाल ( बितेको चारबर्ष ) भित्र पालिकामा नमुना कामकाजहरु गरेको दावी गरे ।, कृषि , स्वास्थ्य , शिक्षा , पुर्वाधार, लगायत लक्षितवर्ग उत्थान र विकासको क्षेत्रमा गाउँपालिकाले सराहनीय , उपलब्धीमुलक र उदाहरणिय कामहरु भएको बताएका छन् । वडा नम्बर १ देखि ५ सम्म समान बजेट वितरण , कृषि क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न, विपन्न वर्गलाई लक्षित गरि हरेक बस्तीमा शुद्ध खानेपानीको पहुँच बिस्तार , पालिका भित्रका विभिन्न बस्ती र टोलहरुमा आरसिसी ढलान , ग्राभेल माटोको काम , कृषि सडक , पुल - पुलेसा ,सामुदायिक विधालयको भवन निर्माण , शिक्षा सुधार लगायतका कामहरु नमुना तवरले संचालन भएको अध्यक्ष यादवले जारी सभामा सुनाए ।

बिकास निर्माणका लागि नेपाल सरकारबाट न्युन बजेट आएपनि सोच र सहमतिको कारण यी कार्यहरू सफलता पुर्वक सम्पन्न भएको सुनाउदै उनले भने , 'स्थानीय सरकार संचालन ऎन - २०७४ को परिधिभित्र रहि गाउँपालिकाको हरेक कामहरु नियम संगत भएकोले पालिकाबाट भएका कार्यको प्रसंसा जिल्ला र जिल्ला बाहिर समेत भैरहेको कार्यपालिका सदस्यहरुलाई जानकारी गराए ।, क्षेत्रफलको आधारमा पालिकाको विकासिय बजेट कम भएपनी सबैक्षेत्रलाई प्राथमिकतामा राखी काम गरेको छु, आगामी दिनमा जनताको चाहना र आव्यशक्ता अनुसारका योजनाहरुलाई कार्यान्वयन गराउन आफू पछाडी नहट्ने अध्यक्ष यदवले प्रतिबद्धता गरेका छन् ।प्रदेश सभाका लागि सिरहा क्षेत्र नम्बर - १ को 'ख' बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा १० शैया अस्पतालको लागि जग्गा दान गरेका ५ जनालाई सम्मान गरेको छ । द्वारिका प्रसाद यादव , बद्री नारायण यादव ,रामविलास यादव, रामप्रसाद यादव र रामकुमार यादवलाई सम्मान गरेको थियो । त्यस्तै सूचना प्रविधिको क्षेत्रमा देशभरीमा उत्कृष्ट नम्बर ल्याउन सफल सखुवानन्कारकट्टी गाउँपालिकाका आईटी अफिसर विशेश्वर यादवलाई पनि सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले जानकारी दिनुभएको छ ।स्थानीय तहमा बर्षमा २ पटक गाउँसभा गर्ने प्रावधान रहेको छ । नवौं गाउँ सभाबाट पारित बजेट नीति तथा कार्यक्रमहरुको केही योजनाहरुलाई यस सभामा संसोधन गरि पारीत गरिएको थियो । गाउँपालिकाका सम्पुर्ण कर्मचारी , कार्यपालिका सदस्यहरुको उपस्थितिमा सर्वसम्मत रुपले सहमतिमा भव्य र सभ्य तरिकाले सभा सम्पन्न भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

अंतरजातीय प्रेम विवा ...

ओम प्रकाश यादव लहान वैशाख १८ । सिरहा जिल्लाको लहान नगरपालिका–१२, जट्टीयाहीस्थित एक दलित परिवार ...

वडा अध्यक्ष अमित ठकु ...

विनोद मण्डल,वैशाख १८ । सिराहा जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको धनगढीमाई १४ बाट वडा अध्यक्ष अमित ...

इलाका प्रहरी कार्याल ...

कष्णनगर , बैशाख १७  इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१