ताजा समाचार

सिरहाको लाहानमा प्याब्सनका प्रदेश २को अधिबेशन सम्पन्न

  • पुस २८, २०७८
  • १४१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह  ✍️ सिरहा लहान २८ पुष -निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ। प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनमा प्रदेश २ का शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बोध माया कुमारी यादवले प्रमुख अतिथि रहनु भएको थियो। बिशिस्ट अतिथिहरुमा अनिल झा,गोपाल कार्की,कुमार घिमिरे,राजेश दासज,मदन प्रसाद,बासुदेब न्यौपाने ,राम कुमार यादव,लहान नगरपालिका जनप्रतिनिधि हेमन्त यादव,अतिथिहरुमा नरेन्द्र शर्मा,राकेश कर्ण,शंकर केपी शर्मा,गोपाल,सागर परियार, श्यामसुन्दर साह,रामलखन मण्डल,प्रदीप तिवारी,राकेश झा,ल्यान्स,पुनम चौधरी,ज्ञान् कुमार पोखरेल,लभ राजा सिंह,शंकर प्रसाद गुप्ता,दिपक रेग्मी,सीता राम महतो,पुर्ण प्रधान,हरिदेब,बिनोद चौधरी,अरुण देब नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

सिरहामा सम्पन्न अधिवेशनबाट प्रदेश नम्बर २ को अध्यक्षमा दिपक रेग्मीले निर्वाचित भएका छन्।अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएका हुन्,अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन भएका छन्।प्याब्सन प्रदेश नम्बर २ मा ३ सय ५१ मतदाता संख्या रहेको थियो भने जस मध्ये २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले बताए। निर्वाचनमा जम्मा २ सय २७ मत अध्यक्षमा र ४ मत बदर भएको निबर्तमान अध्यक्ष साहले बताए।सचिव पदमा ७ मत बदर भएको जनाएका छन्।अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्णले २७ मतको फरक अन्तरले पराजित भएको निर्वाचन समितिले जनाए। तेस्तै सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले गणेश कुमार साह पराजित गरी विजय भएका छन्।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएका छन्। प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।तिन बर्ष कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरी र जिल्ला उपाध्यक्ष उमेश यादवले बताए। ✍️

Open photo

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤