Siraha Times
ताजा समाचार

३०० औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

  • पुस २७, २०७८
  • १६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु पुस २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथि मा राप्रपा का पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरिया, विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र,अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथि हरू रहेका थिए l

जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। राप्रपा कृष्णनगर पार्टी कर्यालय बाट बाजागाजा का साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियोl कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् l उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो। कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

मानव अधिकार संरक्षणम ...

रहमुल,लहान २७ वैशाख । मानव अधिकार, सामाजिक न्याय र नागरिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय रहेको Amne ...

सप्तरीमा रहस्यमय रूप ...

ओम प्रकाश यादव लहान, वैशाख २७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुला बाट चार दिनदेखि ब ...

किशोर किशोरी तथा मात ...

ओम प्रकाश यादव लहान लहान, वैशाख २७ । प्लान नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१