ताजा समाचार

स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण

  • पुस २७, २०७८
  • १६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ पुष- स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ।समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ। चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्। कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा-१६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक,अपांग,एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤