ताजा समाचार

यूएईमा लागूऔषध कारोवार गर्ने दुई जना फिलिपिन्स लाई मृत्युदण्ड

  • पुस २२, २०७८
  • १३५२ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

दुबई जनवरी ०६। लागूऔषध ओसारपसार र बेचविखनमा संग्लन दुई फिलिपिनी नागरिकलाई यूएई सरकारले मृत्युदण्डको सजाय सुनाएको छ। आबुधाबीको फौजदारी अदालतले लागूऔषध र साइकोट्रोपिक पदार्थको ओसारपसार गरेको अभियोगमा दुई फिलिपिनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरुबाट बरामद गरिएका टेलिफोन सेट, अपराधमा प्रयोग भएका सबै वस्तुहरू, लागूऔषध ओसारपसार गर्दा भएको आयलगायत सम्पूर्ण कुराहरु जफत गरी नष्ट गर्ने आदेश दिइएको छ। यस सम्बन्धमा प्रहरी अनुसन्धानले प्रमाण पेश गरेको छ, साथै उनीहरुबिरुद्धको मुद्दा सार्वजनिक अभियोजनमा पठाइएको छ। त्यस्तै, संदिग्धहरूको गिरफ्तारी र उनीहरूको घर खोज्नको लागि वारेन्ट जारी समेत गरेको बताइएको छ।

प्रहरी बलले उनीहरुको घरमा खानतलासी गर्दा शंकास्पद क्रिस्टलीय पदार्थ फेला पारेको थियो। अनुसन्धानपछि उक्त पदार्थ प्रतिबन्धित साइकोट्रोपिक पदार्थ भएको प्रमाणित भएको छ। ती दुई अभियुक्तले सामाजिक सञ्जालमार्फत लागूऔषध बेच्नको लागि प्रयोग गर्ने गरेको फोन पनि फेला पारेको बताइएको छ। उनीहरुले संगठित तथा योजनावद्ध तरिकाले लागूऔषधको ओसारपसार, प्याकेजिङ, विभाजन एवं वितरण गर्ने र त्यसपछि लागूपदार्थ दुर्व्यसनी र कारोबारीकोबीचमा ह्वाट्सएपमार्फत कुराकानी गरी ठूलो परिमाणमा लागूऔषधको ओसारपसार तथा बिक्रीवितरण गर्ने गरेको समेत खुल्न आएको छ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤