ताजा समाचार

खेल समृद्धिको ठुलो बाटो हो: नेपाली कांग्रेस पर्वतका युवा नेता परविन गुरुङ

  • मंसिर २४, २०७८
  • १७०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अमृत भट्टराइ / विहादी ,पर्वत | बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानी रातामाटामा रहेको परिवर्तनशील युवा क्लबको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम सहित बिहिवार समापन भएको छ | समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङ रहनु भएको थियो कार्यक्रममा विशिष्ट अतिथिहरूमा बिहादि गाउपालिका ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, वडा का जनप्रतिनिधीहरु, पर्वत नेपाली काँग्रेस जिल्ला सह सचिव तिलक भुसाल ,तरूण दल बिहादीका अध्यक्ष नविन गुरूङ लगाएको उपस्थिति रहेको थियो | समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङले भने खेलकुद समृद्धिका लागि ठुलो बाटो रहेको बताउनु भएको छ | खेलकुद र खेलाडीलेगर्दा आफ्नो ठाउँको बिकास मात्र नभएर देशलाइ नै चिनाउने माध्यम र देशलाइ समृद्धिको दिसा तर्फ लैजान सहयोग हुने बताउनु भयो |

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤