ताजा समाचार

सखुवान्नकारकट्टीमा फुटबल प्रतियोगिताको आज फाईनल , गाईघाट र गोलबजार बिच प्रतिस्पर्धा

  • मंसिर १७, २०७८
  • १३५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १७, मंसिर । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजनामा मंसिर १० गते देखि संचालनमा रहेको फुटवल गोल्डकप खेलकुद प्रतियोगिता - २०७८ को आज समापन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर - ३ स्थित श्री माध्यमिक विधालय महदेवा पोर्ताहाको फिल्ड मैदानमा प्रतियोगिताको फाईनल खेल दिउँसो २ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । आजको खेल फियुजन फुटवल कल्व गाईघाट ( उदयपुर ) र स्पोर्ट्स फुटवल क्लब गोलबजार बिच प्रतिस्पर्धा हुने छ । फाईनल खेलको प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर - २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रमोद कुमार यादव आउने तय भएको छ । प्रदेश सभा सदस्य अशोक कुमार यदव , गाउँपालिका अध्यक्ष केदारनाथ यादव , पार्टीका गाउँपालिका संयोजक अमिर कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको बिषेश उपस्थिति रहने छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५१ हजार , दृत्य पुरस्कार ३१ हजार , शिल्ड , प्रमाणपत्र , मेडल रहेको छ , प्रत्येक दिनको खेलको युवट्युवबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । जसका लागी खेलप्रेमी दर्शक महानुभावले football gold cup 2078 सर्च गर्नुपर्ने आयोजकले जनाएको छ । सिरहा , सप्तरी , उदयपुर , धनुषा गरि ४ जिल्लको ८ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤