ताजा समाचार

मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

  • मंसिर १६, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । केही दिनदेखि नेपालकाे एउटा फिल्मकाे भिडियाे क्लिप भाइरल भइरहेकाे छ । गाेल्डेन आई फिल्म कम्पनीकाे ब्यानर र दयाराम दयालकाे निर्देशन तथा राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र "दशगजा" मा भारतीय एसएसबी लक्षित केही बेरकाे भिडियाे क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेकाे पाइएकाे छ । "दशगजा" फिल्म काे भाइरल भिडियाेमा भारतीय एसएसबी प्रतिकाे जनआक्राेस देखाउन खाेजेपनि मित्र राष्ट्रलाई घाेच्याउने मानसिकता बढी नै रहेकाे इण्डाे-नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानकाे भनाई छ । अध्यक्ष पठानले मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले राेटीबेटीकाे सम्बन्ध रहेकाे भारत नेपालकाे सबभन्दा असल मित्र हाे , भुकम्पदेखि लिएर बाढी पहिराेमा राहत हाेस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयाेग गर्दै आएकाे छ । यस्ता चलचित्रले निर्माता कम्पनीकाे त क्षणिक फाइदा हुन्छ तर दुई देशका जनतामा बैमन्स्यता फैलाइदिन्छ जुन सुरक्षा र समृद्धिका दृष्टिकोणले दुवैदेशका लागि हानिकारक हुनेछ ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤