ताजा समाचार

‘एमाले केपी ओलीको भजनमण्डलीय प्राइभेट कम्पनी’

  • मंसिर ९, २०७८
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ९ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनिष्टलाई समाप्त पारेर पार्टीलाई प्राइभेट कम्पनी बनाएकोले नयाँ पार्टी गठन गर्नुपरेको बताउँनुभयो । सिरहाको लहानमा बुधबार जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले ‘ओलीले एमालेलाई भजनमण्डलीहरूलाई मात्र काखी च्यापेएर प्रतिगमनको बाटो लागेको आरोप लगाउँनुभयो । नेपालले ओलीको दासत्व स्विकार्न नसकेर विद्रोह गर्न बाध्य भएको भन्दै ओलीसँग टक्करभन्दा पनि विचारको लडाइँ लडेको हो । विधि, पद्धति, विचार, नीति र व्यवहार नै अलग भएपछि एउटै पार्टीमा बस्नुको अर्थ नभएकाले न्याय, समानता, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा एकीकृत समाजवादी गठन गरिएको अध्यक्ष नेपालले बताउँनुभयो । पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउँदै अध्यक्ष नेपालले संसद् विघटनविरुद्धको आन्दोलन हुँदै पछिल्लो राष्ट्रिय सभाको निर्वाचन र वर्तमान सरकार सञ्चालनमा पाँच दलको सहकार्य र गठबन्धन जारी रहने बताउँनुभयो । सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने ओली नेतृत्वको एमाले पार्टी आगामी चुनावसम्म पत्तासाफ हुने दाबी गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको पछिल्लो निर्वाचनबाट नै ओलीको पत्तासाफ सुरु भइसकेको बताउँनुभयो । पार्टीका सिरहा अध्यक्ष सत्यनारायण यादवका सभाध्यक्ष्तामा भएको सो कार्यक्रममा कांग्रेस, एमाले, जसपा र माओवादी केन्द्रबाट करिब एक हजारजनालाई प्रवेश गराएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤