छिन्नमस्ता गाउँपालिका ६ निवासी ९० वर्षिय बृद्ध मण्डलको घाटीरेटी हत्या

  • मंसिर ८, २०७८
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको हत्या भएको छ । ९० वर्षिय बृद्ध मण्डलको घाटी रेटेको अवस्थामा बुधबार दिउँसो २ बजेतिर मृत शरीर फेला परेको हो । उनको मृत शरीर घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा फेला परेको इलाका प्रहरी कार्यालय सखडाका सई उमेन्द्र यादवले जानकारी दिए । घटनाको खबर पाएलगत्तै डिएसी माधवप्रसाद काफ्लेलेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केको छोरा देवनारायणले जनाए । बुबाको कसैसँग कुनै दुश्मनी नरहेको र घाटी रेटेर हत्या भएको खबरले परिवारनै स्तब्ध भएको छ ।घटनाको छानबिन र हत्यारालाई अविलम्ब पक्राउ गर्न मृतकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले हत्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

उठीवासको त्रासमा मुस ...

रहमुल लहान २० पुष । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ अन्तर्गत सोठियाइन पटना गाउँमा क ...

लहानमा लागुऔषध कारोब ...

लहान पुष २० । सिरहाको लहान नगरपालिका–१ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई ज ...

लहानमा चिसो प्रभावित ...

ओम प्रकाश यादव लहान पुष २० । जाडो यामसँगै चिसो बढ्दै गएपछि लहान नगरपालिकाले विपन्न, दलित तथा जोखिममा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१