घनश्याम यादव कपिलवस्तु, ८ मंसिर / बिगत केहि समय अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान ५ स्थानीय तहमा आइतबारदेखि सुरु गरिएको छ , भने महाराजगन्ज नगरपालिका मंगलबारदेखि सुरू भएको छ। हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन वडा न ८ कजरहवा स्वास्थ केन्द्र अन्तर्गत सिङ्गरहा खोप केन्द्रमा ८ का वडा अध्यक्ष योगेन्द्र के सी लाई खुवाएर शुरूवात गरिएको थियो । महाराजगन्ज नगरपालिकामा मंगलवार देखि मंसिर १२ गते सम्मा खोप अभियान सचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन भएको छ । नगरपालिका भित्र हैजा प्रभावित डरले ११ वटै वडामा ३५ वटा खोप केन्द्र स्थपना भएको छ । हैजा बिरुद्धको ५३ हजार १५६ ओरल कलोरा भ्याक्सिन पालिका भरिमा खुवाइने छ। स्वास्थकर्मी महेश चौधरीले बताउनु भएको छ। सिंगरहा खोप केन्द्रमा खोपकर्ता महेश चौधरी र साधना चौधरी मिलेर कार्यक्रम सञ्चालन गरेका थिए । शिक्षिका बिष्णुकला पाण्डे र महिला स्वयंसेविकहरू बिशेष सहयोग पनि रहेको थियो । खोपकर्ता साधना बताउनु भएको छ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved