Siraha Times
ताजा समाचार

हैजा बिरुद्व मंगलबार देखि महाराजगंजनगरपालिकामा खोप अभियान सुरु

  • मंसिर ८, २०७८
  • ७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु, ८ मंसिर / बिगत केहि समय अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान ५ स्थानीय तहमा आइतबारदेखि सुरु गरिएको छ , भने महाराजगन्ज नगरपालिका मंगलबारदेखि सुरू भएको छ। हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन वडा न ८ कजरहवा स्वास्थ केन्द्र अन्तर्गत सिङ्गरहा खोप केन्द्रमा ८ का वडा अध्यक्ष योगेन्द्र के सी लाई खुवाएर शुरूवात गरिएको थियो । महाराजगन्ज नगरपालिकामा मंगलवार देखि मंसिर १२ गते सम्मा खोप अभियान सचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन भएको छ । नगरपालिका भित्र हैजा प्रभावित डरले ११ वटै वडामा ३५ वटा खोप केन्द्र स्थपना भएको छ । हैजा बिरुद्धको ५३ हजार १५६ ओरल कलोरा भ्याक्सिन पालिका भरिमा खुवाइने छ। स्वास्थकर्मी महेश चौधरीले बताउनु भएको छ। सिंगरहा खोप केन्द्रमा खोपकर्ता महेश चौधरी र साधना चौधरी मिलेर कार्यक्रम सञ्चालन गरेका थिए । शिक्षिका बिष्णुकला पाण्डे र महिला स्वयंसेविकहरू बिशेष सहयोग पनि रहेको थियो । खोपकर्ता साधना बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१