Siraha Times
ताजा समाचार

अबोध दलित बच्चालाई ठक्कर दिएर फरार उपचार खर्च जुटाउनु सहयोगको अपेक्षा

  • मंसिर ७, २०७८
  • ११४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७" मंसिर- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा ३ पोर्ताहाका एक अबोध बालकलाई ठक्कर दिए अपरिचित ब्यक्ती फरार भएका छन्। सखुवानान्कारकट्टी गाउँपालीका ३ बस्ने चनरजित सदायको छोरा अन्दाजी ४ बर्शिय प्रेम सदाय लाई ठक्कर दिएर फरार भएका छन्।बच्चा अन्दाजी करिब ४ बर्षको हो। बच्चा गाउँकै सडकमा एक्लै खेलिरहेको अबस्थामा ठक्कर दिएर फरार भएका छन्।बच्चा ठक्करबाट सिकिस्त घाइते भई उपचारको लागि बिराटनगरको नोबेल होस्पिटलमा उपचार रत रहेका छन्। उपचारमा रहेका बालकलाई उपचार खर्च तिर्न नसक्ने भएको छ्। सदायको घरको आर्थिक अवस्था निकै दैनिय रहेको अबस्था छ।उपचार जोहो गर्न नसकिदा बच्चाको ज्यान जोखिममा रहेका छन्। ठक्कर दिने गाडी हाल सम्म पता नलागेको हो । सदायको परिवारमा जम्मा ४ जना मध्ये १ छोरा र १ छोरी छिन।उपचार खर्च तिर्न नसकिदा परिवारको बिचल्ली भएको छ। दाता र मनकारी युवाहरुसंग सहयोगका अपेक्षा गरेका स्थानीय समाज सेबी देबेन्द्र कुमार यादवले जानकारी दिनु भयो। सहयोग गर्न चाहने साथीहरूले उक्त खाता नम्बरमा एक पठाई सहयोग गर्न आग्रह गर्द छु। NMB Bank Sakhuwan Kamal Narayan saday Ac n. 1100074905500012

प्रतिक्रिया दिनुहोस

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान, ३१ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१