ताजा समाचार

वडा अध्यक्षको कार्यकक्षमा भोटे ताल्चा

  • कार्तिक १०, २०७८
  • १२२७ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल कार्तिक १० । सिरहाको लहान नगरपालिका वडा नंवर २४ का जनताले वडा अध्यक्ष कमल देव यादवको कार्यकक्षमा ताल्चा लगाएका छन् । लहान नगरपालिकाको उत्तरी पछिमी भागमा रहेको ग्रामीण बस्ती गोविन्दपुरको ग्रामिणमा रहेको वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा स्थानिय आक्रोशित जनताले आज दिनको १२.३० बजेको समयमा ताल्चा लगाएका छन् भने सचिव लगायतका जनतासँग प्रत्यक्ष्य सरोकार राख्ने कार्यालयका अन्य प्रशासनिक कार्य भने खुल्ला रहने स्थानिय शितल शाहले बताउनु भएको छ ।

स्थानिय सरकार आएको करिब ४ बर्ष बितिसक्दा पनि बाटोघाटोमा विकास नगरेको , बजेटको हिसाब नदिएको , वडा भेलामा बस्न भन्दा पनि पटक पटक समय लिएर उपस्थित नभएको ,बजेटको नाममा कार्यकर्ता पालन पोषण गरेको ,बाटो विकासको लागि पुरानो टोलमा असोज २ गतेदेखि जारी ढाट आन्दोलनको सम्बोधन नगरेको ,फोहोरको उचित व्यवस्थापन नगरेको भन्दै आज एक कार्यक्रमका बीच कार्यालय परिसर पुगेका स्थानिय आक्रोशित जनताले आफ्ना माग पूरा नभएसम्मको लागि ताल्चा लगाएका हुन् ।

स्थानिय जनताको विकास गर्ने जवाफदेही पाएका अध्यक्ष यादव प्रती स्थानिय जनता विगत चार वर्षदेखि पीडित रहेको स्थानियको गुनासो रही आएको छ । यता नगर प्रमुख मेयर मुनि शाह भने दर्शक बनेर स्थानियको समस्यालाई हेरिरहेको यस अवस्थामा सम्बन्धित निकाय को ध्यान आकर्षण गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤