ताजा समाचार

अरब कपको लागि अन्तिम चरणको टिकट बिक्री सुरु

  • कार्तिक १०, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फिफा अरब कप २०२१ का लागि अन्तिम चरणको टिकट बिक्री हिजो बाट सुरु भएको छ । विश्वकप सुरु हुन ठिक एक वर्ष बाकी हुँदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ । प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ । २०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।

टिकट कसरी लिने ?

प्रतियोगिताको लागि अन्तिम चरणको टिकट हिजो २५ अक्टोबर देखि प्रतियोगिताको अन्त्य सम्मका लागि खुला गरिएको छ । भिसा कार्ड प्रयोगकर्ताले टिकट फिफाको वेबसाईट  बाट खरिद गर्नुपर्नेछ । त्यस्तै नोभेम्बर दोस्रो हप्ता देखि प्रतियोगिताको टिकट दोहा एग्जिबिसन सेन्टर ,अल कास्सर मेट्राे स्टेशन बाट खरिद गर्न सकिनेछ । टिकट खरिद गरिसकेपछि अनिवार्य फ्यान आईडी बनाउनुपर्नेछ । फ्यान आईडी fac21.qa मा अनलाइन निवेदन दिएर सजिलै संग बनाउन सकिनेछ । टिकटको मुल्य २५ रियाल देखि २४५ रियाल बिच रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤