ताजा समाचार

लहानका मेयर साह द्धारा सार्वजनिक सुनुवाइ कार्यक्रमको उदघाटन

  • कार्तिक ९, २०७८
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० कार्तिक - साना किसान कृषि सहकारी संस्था लि.लहान ११ पडरीयाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वस्थय मासुको लागी ब्राख्रा पालन उप-आयोजना कार्यक्रम सम्पन्न भएको हो। साना किसान कृषि सहकारी संस्था लि. लहान ११ पडरीया र सहयोगी संस्थामा नेपाल लाइभस्टक सेकटर इनोभेसन आयोजना बिकेन्द्रीकृत आयोजना सहयोग ईकाई हेटौंडाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो। मानव जिबनमा बाख्रा मासुलाई उपयुक्त ठानेकोले सयौं स्थानीय उपभोक्ताहरुको छलफल र सल्लाह सुझावको आत्मसात गर्दै सार्बजनिक सुनवाइ कार्यक्रम गरेका थिए। साना किसानको प्रतिनिधी मागैन कामैतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने लहान नगरपालिकाको मेयर मुमी साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर साहले मैनवती वालेर सुनुवाइ कार्यक्रमको उद्घघाटन गरेका थिए।

Open photo

बिशिस्ट अतिथिहरुमा नेकपा एमालेका वरिष्ठ नेता राजिन्द्र प्रसाद चौधरी, समाज सेबी राजेन्द्र साह, पशु बिकास सखा लहान सिरहाका प्रमुख,जननिर्वाचित लहान नगरपालिका वडा अध्यक्ष प्रथम लाल चौधरी,लहान नगरपालिकाका प्रबक्ता राज कुमार साह,एमाले नेत्री रामरति राम, अतिथिहरुमा समाज सेबी चन्द्र नारायण चौधरी,दुर्गा नन्द चौधरी,गोरखा पत्रका लहान सम्बादाता जिबछ उदासी यादव,रेडियो सरगमका संचालक प्रबन्धक फिरोज शेख,समृद्धि पथ दैनिकका सम्पादक फिरोज सिद्धीकी, नेपाल पोस्ट दैनिकका महेश सिंह,पत्रकार शम्भु यादव लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो। २०६१ सालमा उक्त संस्थाको स्थापना भएको हो।सार्बजनिक सुनुवाइ कार्यक्रमको अध्यक्ष मागैन कामैतका अनुसार नेपालमा २२८ गापामा उक्त संस्थाको कार्यक्रम संचालनमा रहेका छन्। भने नेपालमा जम्मा ४७ वाटा जिल्लामा विभिन्न संस्थाहरुलाई कार्यक्रम संचालन गर्न अभिप्रेरित गरेका छन्।हालउक्त संस्थामा करिब ७ सय घर धुरी सदस्य रहेका हुन्। हाल संस्थाका चालु पुजी अन्तर गत करिब २० करोडमा संस्थाले राईज गरीरहेको आयोजकले जानकारी दिनु भयो।आउने दिनमा नेपालको प्रत्येक नागरिकको चाहना पुरागर्न साना किसानको अपेक्षा रहेको आयोजकले जानकारी दिनु भयो।किसानहरुको जिबन स्तर उकास्न साना किसान सहकारी संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराउदै आएका छन्। साना किसानका प्रतिनिधि मुक्ति नाथ चौधरीले कार्यक्रम संचालन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤