ताजा समाचार

लहान-१६ बर्दमारमा एकदिने आँखा शिविर सम्पन्न

  • असोज २३, २०७८
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।असोज२३ गते। सिरहाको साविक गाउँ विकास समिति गोविन्दपुर-४ हाल लहान नगरपालिका १६ श्री जनता आधारभूत विद्यालय बर्दमारमा एकदिने आँखा शिविर हिजो शुक्रबार सम्पन्न भएको छ। स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान - ७ को आयोजना र सगरमाथा चौधरी आँखा अस्पतालको संयुक्तको समन्वयमा सो शिविर आयोजित रहेका थिए। समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा होनहार नेता महेश चौधरीले हरेक महिनाको २२ गते गरिदै आएको विभिन्न कार्यक्रमहरु मार्फत समाजसेवा जुन सराहनीय , प्रसंसनिय पनि छ। समाजसेवी तथा मस जोडीको नामबाट प्रसिद्ध महेश चौधरी र स्वर्गीय संगिता कर्माचार्यलाई समाजमा चिनिन्छ। कार्यक्रममा लहान १६ का वडा अध्यक्ष गरुड बहादुर जर्घामगर र सगरमाथा चौधरी आँखा अस्पतालका डा. क्याम्प सुपरभाइजर राकेश कुमार यादवको विशेष अतिथ्व रहेका थियोे । यो सँगै सो शिविर कार्यक्रममा विशेष व्यक्तित्वहरु ज्येष्ठ नागरिक , बालबालिका , युवा लगायतको उल्लेखनीय सहभागिता रहेका थियोे । शिविरमा उपस्थित भएकालाई आँखाको औषधी , चश्मा नि:शुल्क वितरण गरिएका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤