ताजा समाचार

राइजिंग लाइफ फाउंडेशन द्वारा स्वास्थ्य सामग्री र खानाको ब्यवस्था

  • असोज २२, २०७८
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा बहादुरगंज कपिलवस्तु ‌। सेवा नै धर्म हो भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा खाना , पानी , मास्क, फल लगायत अतिआवश्यक सामग्री बितरण गरिएको छ । झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा शिवराज अस्पताल बहादुरगंजमा खाना , पानी लगायत अतिआवश्यक सामग्री कमी हुन नदिन उपचाररत बिरामीहरुको लागि स्थानीय राइजिंग लाइफ फाउंडेशन नामक संस्थाले सक्दाे सहयाेग पुर्याउदै आएको संस्थाका संयोजक प्रतिक शुक्लाले जानकारी दिनुभएको छ । आइतबार देखि झाडापखाला संक्रमणकाे विषम परिस्थिति फैलिए देखी हामी बिरामीहरुको सेवा गरीरहेका छौं र गरी रहने छौं संस्थाका अध्यक्ष राज तिवारी र कोषाध्यक्ष नवाज़ शाहले बताएका छन । संस्थाले , मास्क , खाना ,जीवन जल, पानी लगायतका सामाग्री बिरामीहरुलाई बितरण भईरहेको संस्थाका सचिव देबेश शुक्ल र सोही संस्थाका सल्लाहकार तथा सेंट ज्युडस एकेडमीका प्रधनाध्यपक तफ़्सीर अहमदले जानकारी दिनुभएको छ । आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब ६० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचाररत रहेको शिवराज अस्पतालका निमेसु डॉ मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤