ताजा समाचार

लहान- २२ मा स्कुल बस दुर्घटना

  • असोज १५, २०७८
  • २३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १५,असोज । सिरहाको लहान नगरपलिका वडा नम्बर - २२ टोल सिसवनीमा आज स्कुल बस दुर्घटनामा परेको छ । स्थानिय सत्येन्द्र नारायण चौधरीको पोखरी नजिक रहेको घुमाउरो बाटोमा अनियंत्रित भई बस पोखरीमा खसेर दुर्घटनामा परेको स्थानीय सुशान्त चौधरीले जानकारी दिनुभयो । लहान - २२ स्थित रहेको प्र२ -०१- ००१क -००९३ नम्बरको ज्वालामुखी ईङ्ग्लिश बोर्डिङ्ग स्कुलको बस दुर्घटनामा परेको हो । बिद्यार्थीलाई छोडेर स्कुल फर्किने क्रममा अनियन्त्रित भएर पोखरीमा खसेको जनाईएको छ । दुर्घटनाबाट मानवीय क्षती नभएपनी बाटो साङ्हुरो रहेको उक्त ठाउँलाई मर्मत सम्भार गर्न नगरपालिका र वडा कार्यालयले चासो देखाएको छैन् । लोकमार्ग भन्दा करिव ३ किलोमीटर दक्षिणमा पर्ने उक्तबाटोमा दैनिक रुपमा हजारौं सवारी साधनहरु प्रतिदिन चल्ने गरेको छ । लहान नगरपालिकाले वडा र टोलबाट कर उठाउने तर विकास पटक्कै नगर्ने मनसायमा रहेको स्थानीय युवा निशान्त चैधरीले बताए ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤