ताजा समाचार

अनेरास्ववियू क्रान्तिकारी पर्साको समिति घोषणामा विवाद

  • असोज २, २०७८
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २ असोज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला समिति चयनमा विवाद देखिएको छ । समिति चयनको केही समय नवित्दै जिल्लाा अध्यक्षका दाबेदार रहेको संंदिप बिक्रम साह लगायत २७ जना जिल्ला सदस्यले विमती जनाएका छन् । उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु पर्साको ६ औं अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेकको अन्य पदाधिकारीहरु सर्वसहमतले चयन भएपनि अध्यक्षमा सहमती जुटन नसकेको जनाएका हुन् ।

No description available.

अध्यक्ष चयनको लागि अधिवेशनले पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिए पनि उँहाहरु थाहा नदिई केही व्यक्तिहरुले अध्यक्ष सहितको समिति घोषणा गरेकोमा हाम्रो आपती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । सहमतीबाट चयन हुन नसकेको अध्यक्ष निर्वाचनबाट चयन गर्नु पर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साहले वताए । उनीसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनिया, संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, प्रेम यादव, तुल्सी साह, निसा नेपाली लगायतकाले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤