वीरगंज २ असोज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला समिति चयनमा विवाद देखिएको छ । समिति चयनको केही समय नवित्दै जिल्लाा अध्यक्षका दाबेदार रहेको संंदिप बिक्रम साह लगायत २७ जना जिल्ला सदस्यले विमती जनाएका छन् । उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु पर्साको ६ औं अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेकको अन्य पदाधिकारीहरु सर्वसहमतले चयन भएपनि अध्यक्षमा सहमती जुटन नसकेको जनाएका हुन् ।

अध्यक्ष चयनको लागि अधिवेशनले पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिए पनि उँहाहरु थाहा नदिई केही व्यक्तिहरुले अध्यक्ष सहितको समिति घोषणा गरेकोमा हाम्रो आपती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । सहमतीबाट चयन हुन नसकेको अध्यक्ष निर्वाचनबाट चयन गर्नु पर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साहले वताए । उनीसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनिया, संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, प्रेम यादव, तुल्सी साह, निसा नेपाली लगायतकाले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved